अत्तरिया : कैलालीको अत्तरिया बसपार्कबाट लागुऔषधसहित एक युवक पक्राउ परेका छन्। गोदावरी नगरपालिका–२ अत्तरिया बसपार्कबाट बझाङको बुंगल नगरपालिका–५ का २५ वर्षीय ललितनाथ योगी लागुऔषधसहित पक्राउ परेका हुन्। योगीको साथबाट १२० मिलिग्राम लागुऔषध (हेरोईन) बरामद गरीएको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ।