अत्तरिया : आज देशमा पश्चिमी वायुको सामान्य प्रभाव छ। यतिबेला (शनिबार बिहान) देशभरको मौसम सामान्यतया सफा छ। तराईका केही स्थानमा अहिले हुस्सु र कुहिरो लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
आज दिउँसो कोसी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहने छ। देशका बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने अनुमान छ। आज राति पनि देशभरको मौसम मुख्यतया सफा रहने छ।
आइतबार पनि देशभरको मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ। सोमबार भने गण्डकी, कर्णाली र सुदूर पश्चिम प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहने छ। बाँकी भूभागको मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ। गण्डकी, कर्णाली र सुदूर पश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको छ महाशाखाले जनाएको छ।
सम्बन्धित पाेस्टहरु