निर्वाचनले वर्तमान गठबन्धनको सरकारलाई टिकाउन मार्ग दिएको छ : मुख्यमन्त्री शाह

अत्तरिया, ३ पुस : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले वर्तमान गठबन्धनको लक्ष्य प्राप्तीको मार्गलाई जनताको बिचमा लैजान र विश्वासको वातावरण बनाउन पत्रकार महासंघको निर्वाचनले महत्वपूर्ण भूमिका खेलेको बताएका छन ।
बुधबार धनगढीमा आयोजित नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितिका नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुको पदस्थापन कार्यक्रममा मुख्यमन्त्री शाहले यस्तो बताएका हुन । मुख्यमन्त्री शाहले भने, ‘पत्रकार महासंघले अन्यौलताका बिचमा केन्द्र देखि जिल्लासम्म निर्वाचन पूरा गरेर पुनः एकचोटी लोकतान्त्रिक मूल्य र मान्यतालाई स्थापित गरेको छ । निर्वाचनले वर्तमान गठबन्धनको सरकारलाई टिकाउन मार्ग दिएको छ, यसमा सहमतिका प्रयासहरु विधि, पद्धति, मूल्य र मान्यतालाई स्थापित गर्न यो निर्वाचनले मुलुक र जनतालाई राम्रो सन्देश दिएको छ ।’
मुख्यमन्त्री शाहले नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई बधाई तथा शुभकामना समेत व्यक्त गरेको थियो । सो कार्याक्रममा सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री हिरासिङ सार्कीले प्रदेसको सञ्चार ऐन छिट्टै ल्याउने बताए । उनले सञ्चारकर्मीको सुझाव सल्लाह अनुसार ऐन ल्याउने बताए । साथै सञ्चार क्षेत्रको विकासमासँगै रहेको उल्लेख गरे ।
सुदूरपश्चिममा प्रेश चौतारी नेपाल र पे्रश युनियनको साझा गठबन्धनका तर्फबाट भरतबहादुर शाह अध्यक्ष, महासचिव शिवराज भट्ट लगायतको टिम निर्वाचित भएको छ । पदस्थापन कार्यक्रममा नवनिर्वाचित प्रदेश पदाधिकारी तथा सदस्यहरुलाई निर्वाचित भएको प्रमाणपत्र प्रदान गरिएको थियो ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.