देउवासँग सम्बन्ध बिग्रिएको छैन, अब कांग्रेस सभापतिको दाबेदार मै हुँ : शेखर कोइराला

अत्तरिया : कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले पार्टी सभापति शेरबहादुर देउवासँग आफ्नो कुनै दूरी नभएको बताएका छन् । उनले सभापति सबैको साझा व्यक्ति भएकाले उनीसँग दूरी रहने कारण नै नरहेको बताएका हुन् ।

३ दिने सुदूरपश्चिम भ्रमणको लागि धनगढी आएका कोइरालाले शुक्रबार धनगढी विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै १५ औँ महाधिवेशनका लागि आफू स्वाभाविक सभापतिको दाबेदार रहेको बताए । उनले अब महाअधिवेशन आउन १ वर्ष मात्र बाँकी रहेकाले अन्य कार्यक्रमका लागि देश दौडाहामा निस्किए पनि महाधिवेशनको तयारी स्वाभाविक रहेको बताए । उनले पार्टी महामन्त्री गगन थापा र आफूबीच कुनै विवाद नरहेको बताउँदै महाधिवेशनसम्म एकताबद्ध भएर अघि बढ्ने उल्लेख गरे ।

वर्तमान सरकारका बारेमा सोधिएको जिज्ञासामा कोइरालाले सरकारलाई असफल हुने छुट नभएको बताए । सरकारले राम्रा काम गर्नुपर्ने बताउँदै त्यसैका लागि आफू खबरदारी गरिरहेको उल्लेख समेत उनले गरे। वर्तमान सरकारलाई आफ्नो पूर्ण समर्थन रहेको बताउँदै नेता कोइरालाले जनतामुखी बन्न सचेत गराए ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.