सरकारले जनअपेक्षाअनुरुप काम गर्न सकेन : कोइराला

अत्तरिया : नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले वर्तमान सरकार असफल भए देशमा अराजकता निम्तिने बताएका छन् । उनले वर्तमान सरकारलाई असफल हुने छुट नभएको बताए । आइतबार नेपाल प्रेस युनियन कैलालीले धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता कोइरालाले भने, ‘यो सरकारलाई असफल हुने छुट छैन, कुनै पनि हालतमा अघि बढनुपर्छ । जुन म्याण्डेड अनुसार सरकार बनेको हो त्यही अनुसार अघि बढनु पर्छ ।’

नेता कोइरालाले सरकारले तत्काल संविधान सुधारका लागि सबै दलसँग समन्वय र समझदारी गरेर अघि बढनु पर्ने बताए । कोइरालाले भने – ‘तर अहिलेसम्म सरकारले संविधान सुधारका बारेमा पटक्कै छलफल गरेको छैन, अब सबैले दवाव दिनुपर्छ ।’ वर्तमान सरकारले जनअपेक्षा अनुसार काम गर्न नसकेको प्रधानमन्त्री स्वयंले नै स्विकारेको बताउँदै नेता कोइरालाले भने – ‘यो सरकार बनेको ५ महिना भयो, अब सुधार गर्दै अघि बढनुपर्छ ।’

उनले नेपाली काँग्रेस महाधिवेशनका लागि जुर्मुराएको बताए । पार्टी सभापति शेर बहादुर देउवासँग आफ्नो कुनै दुरी नभएको उनको दाबी छ। उनले सभापति सुदूरपश्चिमको मात्र नभइ देशकै आदरणीय ब्यक्ति रहेको बताए ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.