धनगढीमा आधा किलोभन्दा बढी सुनसहित दुई भारतीय नागरिक पक्राउ

अत्तरिया : कैलालीमा आधा किलो सुनसहित दुई भारतीय नागरिक पक्राउ परेका छन् । जिल्लाको धनगढी उपमहानगरपालिका–३ ट्राफिक चौराहबाट भारतको पलिया बस्ने ४४ वर्षीय दीपक गुप्ता र ३४ को सुमित बर्मालाई पक्राउ गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरीक्षक पदमबहादुर बिष्टका अनुसार यूपी ३२ जेभी ९२०० नम्बरको कारलाई शंका लागि चेकजाँच गरिएको थियो । ‘उक्त गाडीभित्र राखिएको ज्याकेटको खल्तीमा ५४९.२०० ग्राम सुन जस्तो देखिने पदार्थका दुई टुक्रा फेला परेपछि गुप्तालाई पक्राउ गरिएको हो,’ उनले भने, ‘गाडीमा सवार बर्मालाई पनि पक्राउ गरेका छौं ।’

उनीहरुको साथबाट एक थान ल्यापटप, दुई थान मोबाइल, ४४ हजार ८१० नेपाली रुपैयाँ, एक हजार दुई सय ८० भारतीय मुद्रा र कार बरामद गरिएको एसपी बिष्टले बताए । एसपी बिष्टकै कमाण्डमा खटिएको प्रहरी टोलीले सुनसहित दुबै जनालाई पक्राउ गरेको हो ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.