अत्तरिया, १० पुस : ग्राहकलाई चक्कु प्रहार गरी हत्या गर्ने डडेल्धुराका भट्टसहित २ जना पक्राउ परेका छन् । प्रहरीले ललितपुर महानगरपालिका–९ च्यासलस्थित टाउन हब क्याफेमा आउने ग्राहकलाई चक्कु प्रहरी गरी हत्या गरेको अभियोगमा डडेल्धुराको परशुराम नगरपालिका–११ घर भई च्यासल बस्ने हेमराज भट्ट र काभ्रे मण्डनदेउपुर नगरपालिका–११ घर भई च्यासल बस्ने जनकबहादुर तामाङलाई पक्राउ गरेको हो ।
पक्राउ परेका दुवै जना क्याफेका कर्मचारी हुन् । प्रहरीका अनुसार सोही क्याफेमा आएका सुनसरीको इटहरी घर भई सातदोबाटो बस्ने नयन गुरुङसँग विवाद हुँदा भट्टले धारिलो हतियार चक्कु प्रहार गरी घाइते बनाएका थिए । घाइते गुरुङको बीएण्डबी अस्पतालमा उपचारको क्रममा सोमबार राति मृत्यु भएको थियो ।
सम्बन्धित पाेस्टहरु