धनगढी : कैलालीको गोदावरीमा एक युुवक लागूऔषधसहित पक्राउ परेका छन्। गोदावरी नगरपालिका–५ गेटाबाट सोही ठाउँ बस्ने २३ वर्षीय कमलेश बम पक्राउ परेका हुन्।
बमलाई ७२० मिलिग्राम लागूऔषधसहित इलाका प्रहरी कार्यालय मालाखेती र लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यलय धनगढीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले शुक्रवार नियन्त्रणमा लिएको हो।