दुर्गा लक्ष्मी विद्यालयमा शैक्षिक उत्प्रेरणा तालिम सञ्चालन

अत्तरिया, २९ पुस : कैलालीको गोदावरी नगरपालिका अत्तरियामा रहेको दुर्गा लक्ष्मी नमूना माध्यमिक विद्यालयमा शैक्षिक उत्प्रेरणा तथा पिटी तालिम सञ्चालन गरेको छ । आईतबार आव (सोमबार) तालिम सञ्चालन गरेको हो । तालिममा विद्यार्थीहरू सहभागी उत्साहजनक रहेको थियो । विद्यालयको प्राङगणमा २ सिफ्ट गरेर दुई दिनसम्म कक्षा १ देखि १२ सम्ममा अध्यनरत विद्यार्थीहरूलाई सहभागी गरी तालिम सञ्चालन गरेको थियो ।
तालिमको प्रशिक्षण प्रेरक तथा पिटी तालिम प्रशिक्षक बुटवलका हरिश ओलीलाई आमन्त्रित गराएर २ दिन सम्म तालिम सञ्चालन गराएको विद्यालयले जनाएको छ ।
विद्यालयले तालिमको अन्तिम दिनमा विद्यार्थीहरुका अभिभावकहरुलाई समेत आमन्त्रित गराएर विद्यार्थीहरुद्वारा आफ्ना अभिभावकहरुलाई फूलमाला लगायर सम्मान समेत गराएको थियो । विद्यालयले व्यवस्थापन समितिका अध्यक्ष गणेश शाहले विद्यालय संग जोडिएका सम्पूर्ण पक्षहरूलाई समेटेर विद्यार्थीहरु लगायत अभिभावकहरुलाई समेत आमन्त्रित गराई शैक्षिक उत्प्रेरणा तालिम सञ्चालन गरिएको बताए । उनले यस प्रकारका तालिमले शिक्षा प्रणालीमा सुधार ल्याउनुका साथै विद्यार्थीलाई व्यवहारिक जीवनका सीपहरूमा उत्प्रेरित गर्न ठूलो भूमिका खेल्ने विश्वास लिइएको बताए ।

अध्यक्ष शाहका अनुसार यस्ता तालिमले शिक्षा प्रणालीमा सुधार ल्याउनुका साथै विद्यार्थीलाई व्यवहारिक जीवनमा आवश्यक सीपहरू सिक्न उत्प्रेरित गराउने बताए । उनले आगामी दिनमा विद्यालयका खेल शिक्षकहरूलाई थप शारीरिक तालिम (पिटी) प्रदान गरिने र यसलाई नियमित रूपमा सञ्चालन गरिने योजना रहेको बताए । उक्त पहलले विद्यार्थीहरू कक्षा कोठामा प्रवेश गर्नुअघि प्राथना र पिटीमार्फत प्रेरित हुने, अल्छिपन हट्ने र पढाइमा ध्यान दिन सकारात्मक सोच विकास हुने विश्वास रहेको अध्यक्ष शाहले व्यक्त गरे ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.