अत्तरिया : गोदावरी नगरपालिका वडा नं १ अत्तरियाको गोदावरी कम्प्लेक्समा खेल प्रेमीहरुलाई लक्षित गर्दै सुभद स्पोर्ट्स हाउस सञ्चालनमा आएको छ। बिहीबार गोदावरी नगरपालिका नगर प्रमुख विरेन्द्र भट्टले उक्त स्पोर्टस हाउसको रिबन काटेर उद्घाटन गरेका हुन्।
उद्घाटनमा नगर प्रमुख भट्टले खेलकुदको माध्यमबाट पालिकाभित्रका युवाहरूलाई चिनाउन र उनीहरूको प्रतिभा उजागर गर्न यस स्पोर्ट्स हाउसले खेलकुदमा आवश्यक सामग्रीहरु उपलब्ध गराई महत्वपूर्ण भूमिका खेल्ने विश्वास रहेको बताए।
यस्तै स्पोर्ट्स हाउसका संचालक पुष्कर साउँदेले युवा पुस्तालाई खेलकुदमा रुचि बढाउन साथै फिटनेसका लागि सहजीकरण गर्ने उद्देश्यले स्पोर्ट्स हाउस सञ्चालनमा ल्याइएको बताए। साथै शिक्षण पेशा गर्दै गरेका सञ्चालक साउदले खेलकुद क्षेत्रको विकासमा समेत आफ्नो योगदान पुर् याउने लक्ष्यका साथ स्पोर्ट्स हाउस सञ्चालनमा ल्याइएको बताए।
अत्तरिया क्षेत्रमा पहिलोपटक खेलकुद सामग्रीको व्यवस्थित हबका रूपमा शुभद स्पोर्ट्स हाउसले स्थान बनाउने अपेक्षा गरिएको छ। स्पोर्ट्स हाउसले खेलकुदका लागि आवश्यक सबै प्रकारका सामग्री उपलब्ध गराउने भएको छ।