गोदावरी नगरपालिका वडा नं १. द्वारा ज्येष्ठ नागरिकलाई सिरक वितरण

अत्तरिया : कैलालीको गोदावरी नगरपालिका वडा नं १ ले ज्येष्ठ नागरिकलाई सिरक वितरण गरेको छ। वडाले शुक्रबार एक कार्यक्रमको आयोजना गरी
वडा भित्र रहेका ८० वर्ष माथिका १०१ ज्येष्ठ नागरिकलाई सिरक वितरण गरिएको हो। कार्यक्रममा वडाध्यक्ष गोपालदत्त भट्टले चिसो मौसमका कारण ज्येष्ठ नागरिकलाई राहत दिन सिरक वितरण गरिएको बताए ।
उनले वडाको चालु आर्थिक वर्षको कार्यक्रम अन्तर्गत १०१ जना ज्येष्ठ नागरिकलाई सिरक वितरण गरिएको जानकारी दिए । उनले वडामा धेरै ज्येष्ठ नागरिक हुनुहुन्छ, तर बजेट अभावका कारण सबैलाई समेट्न नसकिने भएकोले त्यसैले यस वर्ष वडाको तथ्यांक अनुसार ८० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई मात्र वितरण गरिएको बताए। यस कार्यक्रमका लागि वडाले ५० हजार रुपैयाँ बजेट छुट्याएको थियो।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.