अत्तरिया : कैलालीको अत्तरियामा रहेको अत्तरिया सामुदायिक सिकाइ केन्द्र (सिएलसी) को नयाँ कार्यसमिति चयन भएको छ । आज (शनिबार) संस्थाका अध्यक्ष टीकादत्त जोशीको अध्यक्षतामा भएको साधारण सभाबाट ९ सदस्यीय कार्यसमिति निर्विरोध चयन भएको हो ।
समितिको उपाध्यक्षमा लक्ष्मीदेवी भण्डारी, सचिवमा धनीराम पनेरु र कोषाध्यक्षमा हेमन्तीदेवी पाल चयन भएका छन् । त्यस्तै सदस्यहरुमा भिमबहादुर बलायर, तेजराज भट्ट, मदनराज शर्मा (जोशी) तथा महिला सदस्यमा शारदा राना र तारा श्रेष्ठ चयन भएका छन् ।