सुदूरपश्चिम राजधानी : कुरा उठ्छ, कार्यान्वयन हुँदैन

अत्तरिया : सुदूरपश्चिम प्रदेश सभाको सात वर्ष पुरा हुँदासम्म पनि स्थायी राजधानी कार्यान्वयन हुन नसकेको भन्दै आलोचना बढेको छ । २०७५ असोज १२ गते बसेको प्रदेश सभा दोस्रो अधिवेशनको ४५ औँ बैठकले कैलालीको गोदावरी नगरपालिकाको वार्ड नं २ र ४ को क्षेत्रमा राजधानी बनाउने निर्णय गरेको थियो । तर निर्णय भएको ६ वर्षसम्म पनि उक्त क्षेत्रमा संरचना बन्न सकेको छैन । अहिले मात्र होइन समय समयमा प्रदेशको राजधानीको विषयमा कुरा उठेको हुन्छ तर, कार्यान्वयन भएको छैन ।
प्रदेश सभाको स्थापना दिवसको अवसरमा धनगढीमा आयोजित कार्यक्रममा स्थायी राजधानी कार्यान्वयन हुन नसकेको , कानुन निर्माणले तीव्रता पाउन नसकेको लगाएतका विषयले चर्चा पाए ।
सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले प्रदेशको स्थायी राजधानी बनाउनेतर्फ लाग्न प्रदेश सभा र प्रदेश सरकारको ध्यानाकर्षण गराएका थिए । उनले नेताहरूले राजधानीको विषयबारे केही नबोलेको भन्दै असन्तुष्टि जनाए । ‘यहाँ राजधानीको कुरा कसैले उठाएनन्, यो विडम्बना हो’ उनले भने, ‘राजधानी बनाउने कहाँ हो रु यहाँ दुई तिहाइको सरकार छ, दुई तिहाइ मात्र होइन, शतप्रतिशतले नै राजधानीबारे चासो दिनुपर्ने हो ।’

दुई तिहाइको प्रदेश सरकार भए पनि राजधानीबारे चासो नखिएको उनको भनाइ थियो । छिटोभन्दा छिटो निर्णय गरेर राजधानी बनाउने काममा लाग्नसमेत उनले सरकारलाई सुझाव दिए ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.