पूर्व समाजिक विकास मन्त्रीसहित ३५८ नेताकार्यकर्ता भिम रावलको अभियानमा सहभागी

अत्तरिया, १२ माघ : एमालेबाट कारबाहीमा परेका डा. भिम रावलको मातृभूमि जागरण अभियानमा नेताकार्यकर्ताको प्रवेश जारी छ । शनिबार एमाले सचिव लेखराज भट्टको क्षेत्र कैलालीबाट ३५८ नेताकार्यकर्ता भीम रावलका अभियानमा सामेल भएका छन् ।
प्रदेश कमिटी सदस्य तथा पूर्व सामाजिक विकास मन्त्री कृष्णराज सुवेदी, जिल्ला कमिटी सदस्य भिष्मराज सुवेदीसहित ३५८ जनाले एमाले परित्याग गर्दै रावलको अभियान रोजेका हुन् । सुवेदीसहितका नेताकार्यकर्ताले पत्रकार सम्मेलन गर्दै आफ्नो निर्णय सार्वजनिक गरे । कैलालीको गोदावरी र गौरिगंगा नगरपालिकाका करिब २५० संगठित सदस्य तथा अन्य एमाले समर्थकहरू पनि अभियानमा जोडिएका छन् । अभियानमा सहभागिता बढ्दै गइरहेको र थप नेताकार्यकर्ता आकर्षित भइरहेका सुवेदीले जानकारी दिएका छन् ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.