कांग्रेस कैलाली क्षेत्र नं.४ को क्षेत्रिय सम्मेलन सम्पन्न

अत्तरिया, १२ माघ : नेपाली कांग्रेस कैलाली क्षेत्र नं.४ को दोस्रो क्षेत्रिय सम्मेलन सम्पन्न भएको छ । अत्तरियास्थित अत्तरिया उद्योग वाणिज्य संघको सभाहलमा दोस्रो क्षेत्रिय सम्मेलन सम्पन्न भएको हो ।
कांग्रेस कैलाली क्षेत्र नंम्बर ४ का सभापति बसन्त रोकायाको अध्यक्षतामा सम्पन्न भएको सम्मेलनको एक समारोहका बीच सुदूरपश्चिमका पूर्व भौतिक पूर्वाधार विकास मन्त्री प्रकाशबहादुर देउवाले उद्घाटन गरेका थिए । सम्मेलनमा यस क्षेत्रमा पर्ने ३० वटै वडाका क्रियाशिल सदस्यहरू, क्षेत्रिय प्रतिनिधि, वडा कार्यसमिति, नगर कार्यसमिति, प्रदेश क्षेत्र (क) (ख) कार्यसमिति, जिल्ला कार्यसमिति सदस्यहरु, महाधिवेशन प्रतिनिधि, महासमिति सदस्य, पूर्व महाधिवेशन\महासमिति एवं भातृ तथा शुभेच्छुक संघ संस्थाका पदाधिकारी सदस्यहरुको उपस्थिति रहेको थियो ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.