गोदावरी खानेपानी तथा सरसफाई उपभोक्ता समितिको वार्षिक साधारण सभा सम्पन्न

अत्तरिया, १२ माघ : गोदावरी नगरपालिका–११, विसन्द्रपुर, ओलानीमा गोदावरी खानेपानी तथा सरसफाई उपभोक्ता समितिको चौथो वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
कार्यक्रमका प्रमुख अतिथि गोदावरी नगरपालिकाका नगर प्रमुख बिरेन्द्र भट्ट रहेका थिए । कार्यक्रममा विशिष्ट अतिथिमा वडा नं. १२ का अध्यक्ष भीमबहादुर खड्का, वडा नं. ११ का अध्यक्ष प्रेमसिंह बडैला, खानेपानी विभाजन कार्यालयका गणेश भट्ट तथा अन्य स्थानीय समाजसेवी, बुद्धिजीवी र उपभोक्ताहरूको उपस्थिति रहेको थियो ।
कार्यक्रमको सभापतित्व गोदावरी खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष कृष्णबहादुर विकले गरेका थिए । खानेपानी आयोजना र लाभान्वित घरधुरी रोटरी क्लब धनगढीको सहयोगमा २०८० सालमा निर्माण भएको खानेपानी आयोजनाबाट हाल एक हजार ११ घरधुरी प्रत्यक्ष लाभान्वित भएका छन् । समितिका अनुसार एक हजार ५ सय घरधुरीले खानेपानी सेवा प्रयोग गरिरहेका छन् । वडा नं. ११ र १२ का नागरिकहरू यो सेवा प्रयोग गर्दै आएका छन् ।
यस आयोजनाले विसन्द्रपुर, गणेशपुर, राम मन्दिर, पटकानी, कालिका, शेलेश्वरी, गौडी लगायतका क्षेत्रमा समेत पानी वितरण गरिरहेको अध्यक्ष विकले जानकारी गराएका छन् ।
कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख बिरेन्द्र भट्टले खानेपानी आयोजनाका लागि आवश्यक सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाउँदै थप सुविधा वृद्धि गर्न जेनेरेटरसमेत प्रदान गर्ने घोषणा गरेका थिए । साथै, उनले समग्र वडा नं. ११ र १२ को समुचित विकासका लागि सहकार्य आवश्यक रहेको उल्लेख गरे । कार्यक्रम सञ्चालन सचिव कुमार सिंह बडैलाले गरेका थिए भने स्वागत मन्तव्य कर्णबहादुर विकले गरेका हुन । वार्षिक प्रतिवेदन समितिका अध्यक्ष कृष्ण बहादुर विकले प्रस्तुत गरेका थिए ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.