अत्तरिया जेसिज २०२५ का नवनिर्वाचित पदाधिकारीहरूको पदस्थापन

अत्तरिया, १२ माघ : कैलालीको अत्तरियामा अत्तरिया जेसिज वर्ष २०२५ का नवनिर्वाचित पदाधिकारीहरूको पदस्थापन तथा सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ । शनिबार सुदूरपश्चिम प्रदेशका अर्थराज्यमन्त्री प्रकाशबहादुर बमको प्रमुख आतिथ्यमा कार्यक्रम आयोजना गरिएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री बमले जेसिज अन्य संस्थाभन्दा फरक र प्रभावशाली रहेको बताए । उनले युवायुवतीको नेतृत्व तथा व्यक्तित्व विकासमा जेसिजले महत्वपूर्ण भूमिका खेलेको उल्लेख गरे । साथै, सामाजिक सेवामा पनि जेसिजको योगदान अनुकरणीय रहेको उनले बताए । मन्त्री बमले आगामी दिनमा जेसिज अत्तरियालाई सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए । कार्यक्रममा अत्तरिया जेसिजका सम्पूर्ण पूर्वअध्यक्षहरूको सहभागिता रहेको थियो ।
यसअघि, पुस १५ गते सम्पन्न अत्तरिया जेसिज वर्ष २०२४ को १३ औँ वार्षिक साधारणसभाबाट प्रदीप खड्का जेसिज वर्ष २०२५ का अध्यक्षमा निर्वाचित भएका थिए ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.