अछामको ढकारीमा दुई किशोरी मृत फेला, प्रमुख जिल्ला अधिकारी सहितको टोलि घट्ना स्थलमा जादैँ

अत्तरिया : अछामको ढकारी गाउँपालिका–८ घोडासैनका २ जना किशोरी मृत फेला परेका छन् । गाउँपालिकाको वडा नम्बर १ मा रहेको छिन्ने जंगलमा १४ वर्षीया सरस्वती खड्का र ईश्वरी खड्काको शव फेला परेको अछामका प्रहरी प्रमुख डीएसपी ईश्वरीप्रसाद भण्डारीले बताए । मृतक किशोरी एकै घरका फुपू, भदै नाता पर्ने उनले बताए । प्रहरी प्रमुख भण्डारीका अनुसार सरस्वती र ईश्वरी शुक्रबार गाईवस्तु चराउन सँगै जंगल गएका थिए । साँझसम्म पनि उनीहरु घरमा नआएपछि परिवारले खोजी गरिरहेको थियो । प्रहरीमा भने खबर भएको थिएन ।

शनिबार पनि साँझ ६ बजेपछि मात्रै शव फेला परेको खबर हामीले पाएका हौं । किशोरी हराएको र खोज्नु पर्ने खबर हामीलाई यसअघि आएको थिएन,’ प्रहरी प्रमुख भण्डारीले भने, ‘ यसका लागि आवश्यक प्रहरी घटनास्थल पठाइएको छ । आज आइतबार बिहानै प्रमुख जिल्ला अधिकारीसहितको टोली घटनास्थलमा जान्छौं ।’

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.