डोटीमा घाँटीमा खुँडा हानिएको अवस्थामा पुरुषको शव फेला

अत्तरिया : डोटीमा घाँटीमा खुँडा हानिएको अवस्थामा पुरुषको शव फेला परेको छ । जिल्ला समन्वय समिति, डोटीको चालकको निवासमा पुरुषको शव फेला परेको हो ।
जिल्ला प्रहरी कार्यालय, डोटीले सायल गाउँपालिका–५ दैनाका ४० वर्षीय बहादुर खड्का मृत फेला परेका बताएको छ । खड्का शनिवार जिल्ला अस्पतालमा छोरीको उपचार गर्न आएका थिए । उपचारपछि आफन्त पर्ने दीपायल सिलगढी नगरपालिका–६ सिलगढीस्थित जिल्ला समन्वय समिति डोटीका सवारी चालक छत्र खड्काको क्वाटरमा उनी बास बसेका हुन् ।
छत्रले मृतक खड्काले मापसे गरेर धारिलो हतियार (खुँडा) घाँटीमा प्रहार गरी आत्महत्या गरेको भन्दै आइतवार बिहान प्रहरीलाई खबर गरेका छन् । जिल्ला प्रहरी कार्यालय डोटीले घटनाको थप अनुसन्धान जारी रहेको बताएको छ । प्रहरीले उनका आफन्तहरूलाई बोलाएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.