गौरीगंगामा सडक सुरक्षा तथा ट्राफिक सम्बन्धि सचेततामुलक कार्यक्रम सम्पन्न

अत्तरिया : कैलालीको गौरीगंगा नगरपालिकामा सडक सुरक्षा तथा ट्राफिक सम्बन्धि सचेततामुलक कार्यक्रम सम्पन्न भएको छ ।
हेमा श्री फाउन्डेसन नेपालको आयोजना तथा अस्थायी ट्राफिक प्रहरी पोस्ट चौमालाको समन्वयमा कार्यक्रम सम्पन्न भएको हो । गौरीगंगा–२ मा रहेको मालिका माध्यामिक विाालयमा कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरुलाई सडक सुरक्षा तथा ट्राफिक सम्बन्धि सचेततामुलक कार्यक्रम गरेको छ ।
सडक दुर्घटनाका घटना वृद्धि हुन थालेपछि विद्यालयस्तरबाटै ट्राफिक सचेतना दिएर दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले विद्यार्थीसँग ट्राफिक प्रहरी कार्यक्रम संचालन गरिएको आयोजक हेमा श्री फाउन्डेसन नेपालका कार्यबाहक अध्यक्ष हेमन्तराज जोशी (बाजे) ले जानकारी दिए । कार्यक्रम अन्तर्गत गौरीगंगा नगरपालिका–५ वटा विद्यालयमा सचेतनामुलक कार्यक्रम संचालन गर्ने आयोजकले जनाएको छ ।
विद्यार्थीले व्यस्त सडक र राजमार्ग समेत पार गरेर आवागमन गर्नुपर्ने अवस्था रहेकाले विद्यार्थीसँग ट्राफिक प्रहरी सचेतना कार्यक्रमले उनीहरुलाई दुर्घटनाबाट जोगाउन सहयोग पुग्ने गौरीगंगा नगरपालिका प्रमुख प्रशासकीय अधिकृत धर्मराज बिनाडीले बताए । सचेतना कार्यक्रममा विद्यार्थीहरुलाई सवारी साधन चलाउँन्दा आवश्यक कागजात साथमा लिएर हिँडनुपर्ने, नियम पालना गर्नुपर्ने, सवारी चलाउँन्दा ध्यानदिनुपर्ने लगायतका चेतनामुलक विषयबारे जानकारी दिएको हो । परिवार अनि समुदायमा पनि सचेतना जनाउने कार्यमा महत्वपूर्ण भुमिका रहने प्रशिक्षक तथा अस्थायी ट्राफिक प्रहरी पोस्ट चौमालाका प्रमुख मदनबहादुर ऐरले बताए ।
विद्यालयका ब्यवस्थापन समिति सदस्य चन्द्र कडेँलले स्वागत मन्तव्य राखेको कार्यक्रमको संचालन फाउन्डेसनका सदस्य नविन चन्दले गरेका हुन ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.