बझाङ, १३ माघ : बझाङमा १८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना युवक पक्राउ परेका छन् । जिल्लाको छबिसपाथिभेरा गाउँपालिका–१ बस्ने २४ वर्षीय धर्मराज गिरीलाई शनिवार प्रहरीले पक्राउ गरेको हो ।
गिरीले ती किशोरीलाई शनिवार बेलुकी जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय बझाङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।