गोदावरी नगर–१२ को कृष्णमन्दिर पुननिर्माण कार्य सुरु

अत्तरिया, १३ माघ : कैलालीको गोदावरी नगरपालिका वडा नं. १२, आदर्शटोलमा रहेको जीर्ण अवस्थामा पुगेको कृष्णमन्दिरको पुनर्निर्माण कार्य सुरु भएको छ । गोदावरी नगरपालिका र प्रदेश सरकारको आर्थिक सहयोगमा नयाँ संरचना निर्माण गरिँदैछ ।
गोदावरी नगरपालिकाका नगर प्रमुख बिरेन्द्र भट्टले पुनर्निर्माण कार्यको आईतबार शिलान्यास गरे । कार्यक्रममा प्रमुख भट्टले नगरभित्रका धार्मिक, सांस्कृतिक तथा पुरातात्विक सम्पदाहरूको संरक्षणमा विशेष प्राथमिकता दिइने उल्लेख गरे । नगरपालिकाले मठ–मन्दिर, पाटी–पौवा, तथा ऐतिहासिक संरचनाहरूको जीर्णद्धारका लागि दीर्घकालीन योजना बनाएको बताउँदै, कृष्णमन्दिरको पुनर्निर्माणले धार्मिक आस्थाका स्थानहरूको महत्व बढाउने बताए ।
वडा अध्यक्ष भिमबहादुर खड्काले नगरपालिकाले मन्दिर निर्माणका लागि आवश्यक बजेटको व्यवस्था गरिदिएकोमा नगर प्रमुखलाई धन्यवाद ज्ञापन गरे । उनले पुनर्निर्माण कार्यले स्थानीय बासिन्दाहरूलाई आध्यात्मिक रूपमा प्रेरित गर्ने र पर्यटन प्रवद्र्धनमा योगदान दिने बताए । स्थानीय बासिन्दाहरूले कृष्णमन्दिर पुननिर्माणलाई ऐतिहासिक क्षणका रूपमा लिएको बताएका छन् । उनीहरूले धार्मिक तथा सांस्कृतिक सम्पदाहरूको संरक्षण आवश्यक रहेको उल्लेख गर्दै, नगरपालिकाको यो कदमको प्रशंसा गरेका छन् । पुनर्निर्माण कार्य पूरा भएपछि मन्दिर परिसरलाई अझ व्यवस्थित बनाइने र यहाँ धार्मिक तथा सांस्कृतिक कार्यक्रमहरू आयोजना गरिने योजना रहेको छ ।
कार्यक्रममा वडा न. ११ का वडा अध्यक्ष प्रेम बडैला लगायत स्थानीय जनप्रतिनिधि, समाजसेवी, तथा नगरपालिकाका पदाधिकारीहरूको उपस्थिति रहेको थियो । सहभागीहरूले मन्दिर पुनर्निर्माणले धार्मिक सम्पदाको जगेर्ना गर्न थप योगदान पु¥याउने विश्वास व्यक्त गरे ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.