अत्तरिया, १४ माघ : सुदूरपहाडका धार्मिक तथा पर्यटकीय स्थलहरूमा चौथो पटक हेलिकोप्टरबाट भ्रमणको सुविधा दिइएको छ । डोटीका पर्यटन व्यवसायी दीपकबहादुर खड्का सहितको समूहले चौथो पटक बडीमालिका, खप्तड र रामारोशनसम्म हेलिकोप्टरमार्फत भ्रमणको सुविधा दिएका हुन् ।
अछामको साँफेबाट उनीहरूले तीन दिनमा ५० जनालाई बडीमालिका लगेका छन् । माघको महिना भएकाले बडीमालिका दर्शन गर्ने वृद्ध र वृद्धाहरूको सङ्ख्या धेरै रहेको छ । पर्यटन व्यवसायी दीपकबहादुर खण्डकाले ५० जना बडीमालिका र पाँच जा खप्तड पुगेका बताए ।
बडीमालिका, खप्तड र रामारोशनका लागि हेलिटुरको सुविधा छ । माघ ११ गतेबाट सुरु भएको हेलिटुरमा ५० जनाले बडीमालिकाको दर्शन गरेका छन् । माघको महिना भएकाले बडीमालिकाको दर्शन गर्नेहरूको सङ्ख्या धेरै छ ।
खप्तड होमस्टे झिग्राना र खप्तड एड्भन्चर टुर्सको व्यवस्थापन तथा साँफेबगर महोत्सव २०८१ को अवसरमा लायन्स क्लव अफ साँफेवगरको आयोनामा फागुन ११ देखि पर्यटकहरूको माग अनुसार हेलिटुर सञ्चालन गरिएको हो । विगतका वर्षहरू जस्तै यस वर्ष पनि हिउँदे सिजनमा पर्यटक भित्र्याउन हेलिटुर सुरु गरिएको हो । हिमपात भएको समयमा पर्यटकको आवागमन शून्य जस्तै हुने भएकाले खप्तड बडीमालिका क्षेत्रमा पर्यटकको चहलपहल बढाउन हेलिटुर सुरु गरिएको छ । २ सय जनालाई हेलिकोप्टरमा यात्रा गराउने लक्ष्य राखिएको छ ।
साँफेबगरबाट खप्तड प्रतिव्यक्ति २२ हजार र बडीमालिका र रामारोशनमा प्रतिव्यक्ति २५ हजार रुपैयाँ तिरेर दर्शन तथा अवलोकन गर्न सकिन्छ ।
सम्बन्धित पाेस्टहरु