अत्तरिया : धनगढी लेडी जेसिजको ११ औ पदस्थापन समारोह सोमबार भव्य रूपमा सम्पन्न भएको छ। धनगढी लेडी जेसिजकी वर्ष २०२४ की अध्यक्ष प्रिया खड्काले वर्ष २०२५ की नवनिर्वाचित अध्यक्ष संगीता न्यौपाने शाहलाई समारोहमा अध्यक्ष पदको चैन हस्तान्तरण गरिन्।
पदस्थापन समारोहमा प्रमुख अतिथि सुदूरपश्चिम प्रदेश सरकारकी सामाजिक विकास राज्यमन्त्री सरस्वती खड्का र विशिष्ट अतिथिमा सूदूरपश्चिम प्रज्ञा-प्रतिष्ठानका उपकुलपति तथा संस्कृतिविद् डा. टीएन जोशी र धनगढी जेसीएसका अध्यक्ष लोकराज भट्ट रहेका थिए।
समारोहमा प्रमुख अतिथि राज्यमन्त्री खड्काले जेसिज संस्थाले युवाहरूलाई सकारात्मक बाटोमा डोर्याऊन सकारात्मक भूमिका खेलेको बताउदै नयाँ समितिलाई सफल कार्यकालको शुभकामना दिइन्।
विशिष्ट अतिथि उपकुलपति डा.टीएन जोशीले समाज रूपान्तरणमा युवाहरूको महत्वपूर्ण भूमिका रहेको बताउदै जेसिज गैरराजनीतिक तथा जिम्मेबार संस्था भएको बताए। उनले नयाँ कार्यसमितिलाई बधाई दिदै युवाहरूको क्षमता अभिबृद्धिका लागि सुदूरपश्चिम प्रज्ञा-प्रतिष्ठान जेसिजसंग सहकार्य गर्न तयार समेत बताए।
वर्ष २०२४ की अध्यक्ष प्रिया खड्काको अध्य्क्षतामा सम्पन्न कार्यक्रममा धनगढी जेसिजका पूर्व अध्यक्षहरू, समाजसेवी बुद्धिजीवीहरूको ऊल्लेख्य सहभागिता थियो।
सम्बन्धित पाेस्टहरु