
अत्तरिया, १५ माघ : पशु स्वास्थ तथा सेवा व्यवसायी परिषद् निर्वाचनका लागि भुगोलतर्फ सुदूरपश्चिममा लालबहादुर बोहराले उम्मेदवारी दिएका छन् । यहि माघ १८ गते निर्वाचन हुँदै छ । नेकपा एमाले र नेपाली कांग्रेस निकट संयुक्त गठबन्धनबाट उनको उम्मेदवारी दिएका हुन । उपाध्यक्षका उम्मेदवार काजिबहादुर श्रेष्ठ नेतृत्वको प्यानलबाट बोहराले उम्मेदवार दिएका हुन् ।
एमाले–कांग्रेस गठबन्धनबाट भुगोल तर, सुदूरपश्चिम् प्रदेश सदस्यमा उम्मेदवार दिएका बोहरा नेल्टा नेपालका सुदूरपश्चिम् प्रदेश संयोजक हुन । सुदूर पश्चिम् प्रदेशमा कुल १ हजार ६ सय ६७ जना मतदाता रहेका छन ।
बोहराले भूगोल तर्फ सुदूरपश्चिम् प्रदेश सदस्यमा उम्मेदवारी गरे सँगै आफ्नो प्रतिबद्धता समेत सार्बजनिक गरेका छन । मतदाता पत्र उनको क्र.सं. २ रहेको छ । उनको प्रतिद्वन्द्वी धनबहादुर चौधरी रहेका छन् । उनी काँग्रेस र एमाले गठबन्धन भन्दा वाहिरको रहेको जनाएको छ ।
बोहराले उम्मेदवारी दिएसंगै आफ्नो प्रतिबद्धता समेत सार्वजनिक गरेका छन् । पशु स्वास्थ तथा पशु सेवा ब्यवसायलाई कानुनी मान्यताका लागि ब्यवस्थित, मर्यादित र गुणस्तरीय बनाउने, एक गाउँ एक प्राविधिक तथा तिनै तहमा करार सेवामा कार्यरत पशु सेवा प्राविधिकहरुको निरन्तरता र दिगो रूपमा ब्यवस्थापन गर्न, पशु सेवामा संग्लन रहेका निजि क्षेत्र एबम प्राईभेट ब्यवसायीलाई दर्ता र नवीकरणमा सरलता ल्याउने रहेका छन् ।
यस्तै गरी, परिषद्मा प्रत्यक्ष सरोकार राख्ने ६ वटै पेसागत संस्थाका सदस्यहरु आफ्नो योग्यता, अनुभव र सिपका आधारमा पेसागत कार्यगर्न गराउने सुनिश्चितताका लागि उम्मेदवारी रहेको जनाएका छन् । यस्तै दर्ता हुन नसकेका व्यवसायीहरुलाई दर्ता प्रक्रियामा सहभागी गराउनका लागि सहजीकरण गर्ने, भेटेरिनरी क्षेत्रमा रहेका कृषकहरुको ब्यवसायिक सुनिस्चितता गर्न, पशु स्वास्थ तथा पशुसेवा ब्यवसायमा संग्लन प्राविधिकहरुको औसधि उपचार, जीवन बिमा र दुर्घटना बिमा लगायतका विषयमा सरकार सँग पहल गर्ने रहेका छन् ।
