
अत्तरिया : कैलालीको खुटिया खोलाबाट डोजरसहित २६ गाडी नियन्त्रणमा लिइएको छ । जिल्ला समन्वय समिति, कैलाली सहितको स्थलगत अनुगमन टोलीले १७ ट्याक्टर, सात ट्रिपर र २ वटा डोजर नियन्त्रणमा लिएको हो । मापदण्ड विपरित दोहन भएको भेटिएपछि अनुगमन टिमले नियन्त्रणमा लिएको जनाएको छ ।
अनुगमन टोलीले बिहिवार नियन्त्रणमा लिएका २६ सवारी कारबाहीका लागि इलाका प्रहरी कार्यालय, मालाखेतीमा राखिएको छ । जिल्ला समन्वय समिति, कैलालीका उप–प्रमुख खगराज भुषालले सेहरी क्षेत्रको खुटिया नदीमा दोहन गर्दै गरेको अवस्थामा सवारी नियन्त्रणमा लिएको जानकारी दिए ।
कैलालीको गोदावरी नगरपालिका–९ सेहरी क्षेत्रको खुटिया नदीबाट २६ सवारी नियन्त्रणमा लिइएको हो । धनगढी उपमहानगरपालिकाको डोजर र ट्रिपरहरुसमेत नियन्त्रणमा लिएको अनुगमन टोलीले जनाएको छ । मापदण्ड विपरीत नदीको दोहन गरेको भन्दै सवारी नियन्त्रणमा लिइएको हो । गोदावरी नगरपालिकाले वातावरणीय प्रभाव मूल्याङ्कन नगरेको नदी क्षेत्रबाट २ डोजर प्रयोग गरेर नदीजन्य पदार्थ सङ्कलन हुँदै आएको टोलीले बताएको छ ।
सुदूरपश्चिम प्रदेश ०१–००२ त ५१५९, से २ त ३५४३, सुदूरपश्चिम प्रदेश ०१–००२ त ६८१०, सुदूरपश्चिम प्रदेश ०१–००२ त ६८०९, भे १८–६९५९, से १ त ५४४९, से १ त ४८८४, से १ त ६१६५, से १ त ७३८७, सुदूरपश्चिम प्रदेश ०१–००२ त ४९२३ नम्बरका गाडी नियन्त्रणमा लिइएको हो ।
यस्तै, सुदूरपश्चिम प्रदेश ०१–००१ त ५०४०, लुम्बिनी प्रदेश ०३–००१ त ०१०७, लुम्बिनी प्रदेश ०३–००१ त ००८७, से २ त १२२०, सुदूरपश्चिम प्रदेश ०१–००२ त ५६३२ र सुदूरपश्चिम प्रदेश ०१–००२ त ३६९२ नम्बरका सवारी प्रहरीको नियन्त्रणमा छन । अनुगमन टोलीले सुदूरपश्चिम प्रदेश ०१–००१ ग ०२०३, से १ ग १०७ र सुदूरपश्चिम प्रदेश ०१–००१ ग ०२०२, सुदूरपश्चिम प्रदेश ०२–००१ क ५३७, सुदूरपश्चिम प्रदेश ०२–००१ क ५३२ र से १ क १२३० नम्बरका ट्रिपर नियन्त्रणमा लिएको छ । यस्तै, से १ ग ६६ र सुदूरपश्चिम प्रदेश ०१–००१ ग ०२१० नम्बरको डोजरसमेत नियन्त्रणमा लिइएको छ ।
सरकारको कैलाली जिल्ला नदीहरु मध्यमा सबै भन्दा बढी राजस्व खुटिया खोलाबाट उठ्ने गरेको छ । यति वेला मात्र होइन अनुगमनको टोलि खोलामा पुग्दा जहिले पनि ट्याक्टरहरु नियन्त्रणमा लिने गरेको छ ।
