Agni Offset Press

कञ्चनपुरमा मोटरसाईकल दुर्घटना हुँदा एक जनाको मृत्यु

Aarati simant

कञ्चनपुर : कञ्चनपुरको बेदकोटमा मोटरसाईकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। महेन्द्रनगर राजमार्ग स्थित बेदकोट नगरपालिका-७ सुडामा बेलौरी नगरपालिका-८ का २१ वर्षीय अमृत चौधरीले चलाएको म ३ प १४७१ नम्बरको मोटरसाईकल बिहीवार साँझ दुर्घटना हुँदा मोटरसाईकल पछाडी सवार भीमदत्त नगरपालिका-१८ बस्ने ३० वर्षीय हरिस खुनाको मृत्यु भएको छ।

दुर्घटनामा घाईते भएका खुनाको उपचारका क्रममा बिहीवार राति १०ः४५ बजे नवजिवन अस्पताल धनगढीमा मृत्यु भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ। मोटरसाइकल चालक चौधरीको उपचार भइरहेको प्रहरीले जनाएको छ।

Godawari Janhitma Jari Sandes
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.