Agni Offset Press

खुटिया खोलामा गोदावरी नगरपालिकाको टोलीद्वारा अनुगमन

Aarati simant

अत्तरिया, १८ माघ : कैलालीको खुटिया खोलामा गोदावरी नगरपालिकाद्वारा अनुगमन गरिएको छ । नगर प्रमुख विरेन्द्र भट्टको नेतृत्वमा शुक्रबार अनुगमन गरेको हो । टोलिमा उप–प्रमुख शारदादेवी रोकाया, र प्रमुख प्रशासकीय अधिकृत हरिदत्त भट्ट लगायतको सहभागिता रहेको थियो ।
यस्तै गरी टोलिमा कार्यपालिका सदस्य चन्द्रा भुल, वडा नम्बर ९ का अध्यक्ष रामलाल राना, वडा सदस्य उद्धव भट्राई तथा स्थानीयबासी सहितको टोलीले खुटिया खोलामा भइरहेको गतिविधिको निरीक्षण गरेको हो । नगर प्रमुख भट्टले प्रारम्भिक वातावरणीय परीक्षण (आईई) नगरेको ठाउँबाट नदीजन्य पदार्थ उत्खनन् भएको पाइएकाले नियन्त्रणमा लिइएका सवारी साधनहरूलाई कानुनी कारबाही गरिने बताए । साथै, मापदण्ड विपरीत उत्खनन् गर्ने ठेकेदार कम्पनीलाई समेत सचेत गराइएको छ ।
उप–प्रमुख रोकायाले सम्झौता अनुसार मात्र काम गर्न आग्रह गर्दै गैरकानुनी गतिविधि दोहोरिए कानुनी कारबाही हुने चेतावनी दिइन् । प्रमुख प्रशासकीय अधिकृत भट्टले नगरपालिकाले ठेक्का लगाएको क्षेत्रमा मात्र उत्खनन् गर्नुपर्ने नियम उल्लंघन भएको जानकारी दिए ।
नियमविपरीत आईई अनुमोदित क्षेत्रभन्दा बाहिर उत्खनन् गर्ने सवारी साधनहरूमाथि कारबाहीको प्रक्रिया अघि बढाइएको नगरपालिकाले जनाएको छ । अनुगमनका क्रममा एउटा ट्याक्टर नियन्त्रणमा लिइएको छ ।
यसअघि बिहीबार कैलालीका प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमाल, जिल्ला समन्वय समितिकी अध्यक्ष टीकाकुमारी चौधरी भुल सहितको टोलीले अवैध रूपमा उत्खनन् गरिरहेका सवारी साधनहरू नियन्त्रणमा लिएको थियो ।

Godawari Janhitma Jari Sandes
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.