Agni Offset Press

अत्तरियामा तनाव व्यवस्थापन गर्न व्यवसायीहरूलाई प्रशिक्षण

Aarati simant

अत्तरिया, १९ माघ : गोदावरी नगरपालिका अत्तरियामा तनाव तथा स्व–व्यवस्थापन गर्न प्रशिक्षण कार्यक्रम आयोजना गरिएको छ । कैलाली चेम्बर अफ कमर्सले अत्तरियाका उद्योगी, व्यवसायीहरूलाई लक्षित गरी तनाव तथा स्व–व्यवस्थापन कार्यक्रमको आयोजना गरेको हो ।
चेम्बरका कैलाली अध्यक्ष प्रमोद अधिकारीले दैनिक जीवनमा हुने तनाव तथा मानसिक थकानको व्यवस्थापन गर्न ‘तनाव तथा स्व–व्यवस्थापन’ प्रशिक्षण कार्यक्रमको आयोजना गरिएको बताए । ‘अहिले हाम्रो दैनिक जीवनमा आउने तनावलाई कसरी व्यवस्थापन गर्ने भन्ने बारेमा प्रशिक्षण कार्यक्रम आयोजना गरेका थियौ’ उनले भने ‘यो तालिमले हाम्रो दैनिक जीवनलाई कसरी सुधार गर्ने भन्ने बारेमा जानकारी दिएको छ । अझै जीवनलाई कसरी परिवर्तन गर्न सकिन्छ भन्ने कुरा प्रशिक्षणबाट सिकाई भएको छ ।’
कार्यक्रममा मानव सेवा आश्रमका संस्थापक केन्द्रीय अध्यक्ष रामजी अधिकारीले प्रशिक्षण दिएका थिए । कार्यक्रममा अत्तरिया क्षेत्रका ४० जना बढी उद्योगी, व्यवसायहीहरुको सहभागिता रहेको थियो । प्रशिक्षण कार्यक्रमको सह–आयोजकको रूपमा नेपाल चेम्बर अफ कमर्स सुदूरपश्चिम प्रदेश रहेको थियो ।

Lalpur Sunchandi Pasal
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.