Agni Offset Press

एकीकृत समाजवादी घोडाघोडीको नगर अधिबेशन फाल्गुन ९ गते हुने

Aarati simant

धनगढी, २० माघ : नेकपा (एकीकृत समाजवादी) घोडाघोडी नगर कमिटीले वडा अधिवेशनहरु तिव्र पारेको छ । पार्टी जिल्ला कमिटीको सर्कुलर अनुसार नगर भेला गरेर वडाका अधिबेशन सम्पन्न पश्चात नगर अबिधेशन गर्ने निर्णय गरेको हो ।
पार्टीका पालिका कैलाली इन्चार्ज दीर्घ सोडारीको बिशेष उपस्थितीमा भएको नगर भेलाले माघ २३ गते देखि निरन्तर वडा अबिधेशन सम्पन्न गरेर फाल्गुन ९ गते नगर अबिधेशन गर्ने निर्णय गरेको हो । बिहिबार पार्टीको घोडाघोडी नगर इन्चार्ज मेघबहादुर साउँदको अध्यक्षता भएको भेलामा पार्टीका जिल्ला अध्यक्ष विमल जोशी, उपाध्यक्ष एब्म घोडाघोडीका नगरप्रमुख खडक रावत, प्रदेश कमिटी सदस्य हेमकर्ण विक, जिल्ला सदस्य टेक बहादुर बुढा, भिम बम, लगायतकाले अधिवेशनको शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमको संचालन खेम जोशीले गरेका थिए ।

Lalpur Sunchandi Pasal
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.