Agni Offset Press

बिजौराको भागेश्वर आधारभूत विद्यालयले मनायो २९ औं वार्षिकोत्सव

Aarati simant

अत्तरिया, २१ माघ : कैलालीको गोदावरी नगरपालिका वडा नं १ बिजौरामा रहेको भागेश्वर आधारभूत विद्यालयले वार्षिकोत्सव मनाएको छ । सोमबार बिहान बसन्त पञ्चमी तथा सरस्वती पूजा अवसरमा पूजा आराधना गरे साथै सो अवसरमा विद्यालयले २९औं वार्षिकोत्सव भव्यताका साथ सम्पन्न गरेको हो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिनेशकुमार शाहको सभापतित्वमा आयोजित वार्षिकोत्सव समारोहमा प्रमुख अतिथि नगर प्रमुख विरेन्द्र भट्ट रहेका थिए । कार्यक्रममा विशिष्ठ अतिथि नगर प्रवक्ता गोपाल दत्त भट्ट रहेका थिए । समारोहमा विद्यालयका प्रधानाध्यापक नवीन दुलाल कर्णले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । उनले विद्यालयका शैक्षिक गतिविधि, अतिरिक्त क्रियाकलापहरू र आगामी योजनाबारे जानकारी गराएका थिए ।
विद्यालयको वार्षिक परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरूलाई प्रथम, द्वितीय र तृतीय स्थानअनुसार सम्मान सँगै पुरस्कृत साथै, विभिन्न विधामा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई समेत पुरस्कृत गरिएको थियो ।
विसं २०५२ मा स्थापना भएको विद्यालयमा कक्षा १ देखि ८ सम्मको अध्ययन हुँदै आएको छ । हाल विद्यालयमा १६० जना विद्यार्थी अध्ययनरत छन् भने १२ जना शिक्षक तथा कर्मचारी कार्यरत रहेको प्रिन्सिपल नवीन दुलाल कर्णले जानकारी दिए । समारोहका अवसरमा विद्यालयबाट अवकाश प्राप्त शिक्षकहरूलाई कदरपत्र वितरण गरियो । साथै, शिक्षा, समाजसेवा तथा अन्य विविध क्षेत्रमा योगदान पुर्याएका विशिष्ट व्यक्तित्वहरूलाई सम्मान गरिएको थियो । वार्षिकोत्सव कार्यक्रम सञ्चालन शिक्षक लीलाधर बास्कोटाले गरेका थिए ।

Lalpur Sunchandi Pasal
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.