Agni Offset Press

बास्कोटामा गोदावरी श्री नवकुञ्ज शिव मन्दिर धार्मिक महामहोत्सव सञ्चालन

Aarati simant

अत्तरिया, २१ माघ : गोदावरी नगरपालिका वडा नं ४ शिवनगर टोल बास्कोटामा गोदावरी श्री नवकुञ्ज शिव मन्दिर धार्मिक महामहोत्सव सुरु भएको छ । नवकुन्ज शिव मन्दिरलाई धार्मिक पर्यटकीय स्थल एव मन्दिरको सर्वाङ्गीण विकासार्थको लागी धार्मिक महोत्सव महायज्ञ आयोजना गरिएको छ ।
सोमबार गोदावरी नगरपालिका नगर प्रमुख विरेन्द्र भट्टद्वारा उक्त धार्मिक महामहोत्सवको उद्घाटन गरिएको हो । नगर प्रमुख विरेन्द्र भट्टले उद्घाटन समारोहलाई सम्बोधन गर्दै यस्ता धार्मिक महोत्सव लगायतका कार्यक्रमहरूले कुलतमा फसेका युवाहरूलाई सकारात्मक सन्देश दिने विश्वास व्यक्त गरे । उनले विकास कार्य केवल जनप्रतिनिधिहरूमाथि निर्भर नराखी, प्रत्येक नागरिकले आफ्नो ठाउँको विकासका लागि सक्रिय भूमिका खेल्नुपर्ने धारणा व्यक्त गरे । उनले भने, “हाम्रो ठाउँ, हामी आफैं विकासको लागिसबै मिलेर अघि बढ्न आवश्यक छ । साथै, नगरपालिकाले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउँदै, मन्दिर निर्माणका लागि आगामी आर्थिक वर्षमा १० लाख रुपैयाँ बजेट उपलब्ध गराउने प्रतिबद्धता जनाए ।
यस्तै, नगरपालिकाका उपप्रमुख शारदादेवी रोकायाले धार्मिक हामहोत्सवको महत्वले हाम्रो धर्म, संस्कार, संस्कृति, र भेषभूषा सिकाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरिन् । ‘यस्ता महोत्सवहरूले हाम्रो मौलिक परम्परा जगेर्ना गर्न, नयाँ पुस्तालाई धार्मिक तथा सांस्कृतिक चेतना दिन, र सामाजिक एकता मजबुत बनाउन मद्दत गर्छ’ उनले भनिन् ।

। शिवकुञ्ज मन्दिरको स्तरोन्नतीका लागी, धार्मिक संरक्षण सँगै यस भूमिलाई पवित्र बनाउनको लागी साथै यस क्षेत्रमा सदैव भगवानको ध्यान स्मरण गर्न पाइयोस भन्ने उद्देश्यले महोत्सवको आयोजना गरिएको आयोजकले जनाएको छ । यस्तै महायज्ञ बाट उठेको रकमले जिर्ण अवस्थामा रहेका मन्दिरका संरचनाहरु निर्माण गर्ने योजना रहेको आयोजकले जनाएको छ ।
धार्मिक महा महोत्सव सोमबार देखि सुरु भई २८ गते सम्म संचालन हुने भएको साथै धार्मिक महोत्सव अवधिभर मुख्य संकल्पकर्ता श्री ईश्वर शरण महाराजले प्रवचन दिने छन् । यस्तै आध्यात्मिक प्रखर वक्ता गुरु ऋषिकेश उपाध्यायले प्रवचन दिने छन् । विभिन्न किसिमका राष्ट्रिय कलाकारहरुद्वारा भजन कीर्तन हुने आयोजकले जनाएको छ ।

Lalpur Sunchandi Pasal
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.