अत्तरियामा कञ्चनपुर घर भएकी एक महिला मृत फेला

अत्तरिया : कैलालीको अत्तरियामा रुखमा झुण्डिएको अवस्थामा एक महिलाको शव फेला परेको छ । मंगलबार बिहान गोदावरी नगरपालिका–२ दुर्गालक्ष्मी महिला सामुदायिक वनमा रहेको रुखमा झुण्डिएको अवस्थामा कञ्चनपुरको भीमदत्त नगरपालिका–२ घर भएकी मानमती भट्टको शव फेला परेको हो ।

उनको अग्लो रुखमा झुण्डिएको अवस्थामा शव फेला परेको इलाका प्रहरी कार्यालय मालाखेतीका डिएसपी गंगा बहादुर थापाले जानकारी दिए । उनले महेन्द्रनगरबाट आफन्तकोमा अत्तरियामा आएको जानकारी प्राप्त भएपनि थप विवरण नखुलेको बताए । घटनाको अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.