कञ्चनपुरबाट भन्सार छलीका सामान बरामद

कञ्चनपुर : कञ्चनपुरबाट भन्सार छलीका सामान बरामद गरिएको छ। जिल्लाको भीमदत्त नगरपालिका–११ भुजेला, दोधारा चाँदनी नगरपालिका–१ चारलाईन पक्की पुल र दोधारा चाँदनी नगरपालिका–७ कञ्चभोजबाट अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी २ लाख ५६ हजार ९७५ मूल्य बराबरको सामान बरामद गरिएको छ।

भन्सार छलीको प्याज, चिनी, मिश्री, थान कपडा, हरियो खुर्सानी, कस्मेटिक, हाडवेयर, किराना लगायतका सामान जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.