Agni Offset Press

गोदावरी नगरमा सब्जीमण्डी सञ्चलनको तयारी

Aarati simant

अत्तरिया : गोदावरी नगरपालिकामा तरकारि हाटबजार (सब्जीमण्डी) सञ्चालनमा आउने भएको छ । नगरको वडा नं १ अत्तरियामा सब्जीमण्डी सञ्चालनमा आउने भएको हो ।
स्थानीय उत्पादनलाई प्रवद्र्धन तथा ताजा तरकारीलाई बजारीकरणमा सहजतकलागी सब्जीमण्डी ल्याउन लागेको जनाएको छ । नगरपालिकाले वडा नं १ कार्यालय नजिकै सञ्चालनमा ल्याउन लागेको हो । नगर प्रमुख बिरेन्द्र भट्टले हाटबजार स्थानीय उत्पादनको बजारीकरणको मुख्य माध्यम बन्ने बताए । उनले नगरपालिकाले स्थानीय कृषक, व्यापारी, तथा उत्पादकलाई सहयोग गर्दै बिक्रीवितरण सहज बनाउने उद्देश्य साथ अगाडि बढेको जानकारी दिए ।
यस्तै गोदावरी नगरपालिका नगर प्रवक्ता तथा वडा नं १ का वडाध्यक्ष गोपालदत्त भट्टले यस बजार सञ्चालनमा आएपछि यहाँका स्थानीयहरुले उत्पादन गरेका ताजा तरकारीहरू यस हाट बजारमा बिक्री वितरणको लागी ल्याएर आफ्नो जीविकोपार्जन सुधार ल्याउन सकिने बताए । हाटबजार सञ्चालनका लागि कार्यविधि बन्न बाँकी रहेको र हाल निर्माण कार्य सम्पन्न भई शीघ्र सञ्चालनमा ल्याइने तयारी भएको नगर प्रवक्ता भट्टले बताए । नगरका किसानहरूले उत्पादन गरेका ताजा तरकारीहरुको बजार पहूँचमा पुर्याउने साथै उचित बजार व्यवस्थापन गर्न सहयोग गर्न मिल्ने विश्वास रहेको बताए ।
नगरपालिकाले कृषक तथा उत्पादकहरूको आयआर्जन बढाउने, स्थानीय व्यापारलाई सबल पार्ने तथा उपभोक्तालाई सहज रूपमा गुणस्तरिय सामग्री उपलब्ध गराउने लक्ष्य लिएको जनाएको छ ।
निर्माणमा १९ लाख बराबरको रकम जीआईजेडले सहयोग गरेको र गोदावरी नगरपालिकाको १५ लाख ५२ हजार बराबरको बजेटबाट जम्मा ३४ लाख ७ हजार२ सय ७५ ठेक्का सम्झौता भई निर्माण कार्य भएको छ । अत्तरियामा रहेको कृषि उपज थोक बजार यसअघि नै सञ्चालनमा रहेको छ । यो बजार भए पनि नगरले स्थानीयहरुको कृषि उत्पादनलाई प्रवद्र्धन गर्न नयाँ सब्जीमण्डी सञ्चालनमा ल्याउन लागेको हो ।
साथै उनीहरूलाई व्यवसायी तर्फ उन्मुख गराउन हाट बजार निर्माण गरिएको छ । उक्त बजारले सुदूरपश्चिम प्रदेश भरिका किसानहरूको उत्पादन खरिद–बिक्रीको प्रमुख केन्द्रको रूपमा काम गरिरहेको छ ।

साथै, नजिकको छिमेकी राष्ट्र भारतबाट कृषि उत्पादन वस्तु आयात गरी विभिन्न बजारहरूमा वितरण गर्ने कार्य समेत हुँदै आएको छ । उक्त बजारमा कृषि उत्पादन वस्तुहरूको भण्डारण (कोल्ड स्टोर) समेत रहेक छ । यस बजारको अर्को महत्वपूर्ण विशेषता भनेको विषादी वस्तु परीक्षण प्रयोगशालाको व्यवस्था हुनु हो । यस प्रयोगशालाले कृषि उपजमा रहेका सम्भावित हानिकारक विषादी अवशेषहरूको परीक्षण गरी उपभोक्ताहरूलाई सुरक्षित तथा गुणस्तरीय उत्पादन उपलब्ध गराइरहेको छ ।

Godawari Janhitma Jari Sandes
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.