
अत्तरिया : नेकपा (एमाले) का उपाध्यक्ष रामबहादुर थापा बादल अछाम पुगेका छन् । एमाले जिल्लाको भेलामा प्रमुख अतिथिको रूपमा बादललाई एमालेले अछाम पठाएको हो ।
पुर्ब उपाध्यक्ष डा. भिमबहादुर रावललाई पार्टीबाट निष्कासन गरेपछि पहिलोपटक अछाममा एमालेको भेला गर्दै छ । रावलले एमालेको संगठन नै भत्काएपछि बादललाई पठाएको हो । एमाले सुदूरपश्चिम प्रदेश कमिटीले पनि अछामका ५ नेतालाई कारवाही गरिसकेको छ । यस्तै केही अछाममा एमालेका नेता कार्यकर्ता रावलले शुरु गरेको मातृभुमि जागरण अभियान तिर लागेका छन् । अछाम एमालेमा रावलको बलियो प्रभाव रहँदै आएको थियो । रावलको बहिर्गमन संगै एमालेले अछाममा आफ्ना गतिविधि तीब्र पार्न खोजेको छ ।
त्यसैको पहिलो कार्यक्रम उपाध्यक्ष बादल को उपस्थितिमा गर्न खोजेको छ । बादल पुर्ब माओवादी पृष्ठभूमिका नेता हुन् । त्यस्तै अछाम एमालेका इन्चार्ज झपट बोहरा पनि पुर्ब माओवादी पृष्ठभुमिका नेता हुन ।
यहाँको प्रदेश इन्चार्ज लेखराज भट्ट पनि पुर्ब माओवादी पृष्ठभुमि कै नेता हुन । अदालतले नेकपालाई अलगअलग गरेपछि बादल , भट्ट बोहरा सहितका नेताहरू अहिलेको एमाले नेकपा को निरन्तरता भन्दै एमालेमा नै सक्रिय भएका थिए ।
