Agni Offset Press

धनगढीको नोभा हस्पिटलको शौचालयमा युवक मृत फेला

Aarati simant

अत्तरिया : धनगढीको नोभा हस्पिटलमा कुरुवा बसेका एक युवक शौचालयमा मृत अवस्थामा भेटिएका छन्। बुधवार राति २ बजे कञ्चनपुरको वेदकोट नगरपालिका–६ सिसैयाका रविन्द्र राना हस्पिटलको शौचालयमा लडेको अवस्थामा मृत भेटिएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कबिन्द्र सिंह बोहराले १७ महिनाका भतिजा दिभानको कुरुवा बसेका राना शौचालयमा मृत अवस्थामा फेला परेको बताए।

उनका अनुसार राति २ बजेतिर राना शौचालय गएका थिए। धेरैबेरसम्म नफर्किएपछि हस्पिटलका सुुरक्षा गार्डले ढोका खोलेर हेर्दा उनी मृत अवस्थामा फेला परेको डीएसपी बोहराले बताए। मृतकको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Godawari Janhitma Jari Sandes
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.