धनगढीमा सञ्चालन भईरहेको महायज्ञमा दान गर्नेहरूको लर्काे

बुढीगंगा नगरपालिका बाजुराद्वारा भवनको एक कोठा निर्माण गर्ने प्रतिवद्धता

अत्तरिया, २४ माघ : मानवसेवा आश्रम सुदूरपश्चिम प्रदेश कैलाली धनगढी शाखाको भवन निर्माण गर्ने उद्देश्यले हिजो बुधबार पशुपति टोलमा सुरू भएको श्रीमद भागवत् सप्ताह ज्ञानविज्ञान महायज्ञमा दान गर्नेहरूको उत्साहजनक सहभागिता रहेको छ ।
महायज्ञमा बिहीबार एकैदिन ६ जना मनकारी दातहरूले भवनको एक कोठा निर्माणको लागि दान गरेको हो भने बुढीगंगा नगरपालिका बाजुराले मानवसेवा आश्रम धनगढी शाखाको भवनको एक कोठा निर्माण गर्ने प्रतिवद्धता जनाएको छ । धनगढी उपमहानगरपालिका–२ निर्माण व्यवसायी महासंघ केन्द्रीय उपाध्यक्ष प्रकाशबहादुर सेठ्ठीले स्वर्गीय बुवा मदनसिंह सेठ्ठीको स्मृतिमा भवनको एक कोठा निर्माणका लागि ६ लाख ५१ हजार १ सय १५ रूपैयाँ दान गरे । त्यस्तै उनको श्रीमती रमा स्वाँर सेठ्ठीद्वारा स्वर्गीय बुवाआमा तप्तबहादुर स्वाँर र सूर्यदेवी स्वाँरको स्मृतिमा एक कोठा निर्माणका लागि ६ लाख ५१ हजार १ सय १५ रूपैयाँ दान गरिएको छ ।
धनगढी उपमहानगरपालिका– २ माया मेट्रो अस्पताल प्रा.लिका सञ्चालन धिरेन्द्र साउँदले स्वर्गीय हजरबुवा दानबहादुर साउँद र हजुरआमा मिनादेवी साउँद र स्वर्गीय ठूलीआमा चम्पादेवी साउँदको स्मृतिमा ६ लाख ५१ हजार १ सय १५ रूपैयाँ दान गरे ।
धनगढी उपमहानगरपालिका–४ निवासी पदम भण्डारीले स्वर्गीय बुवाआमा वीरबहादुर भण्डारी र लक्ष्मीदेवी भण्डारीको स्मृतिमा भवनको एक कोठा निर्माण सहयोगार्थ ६ लाख ५१ हजार १ सय १५ रूपैयाँ दान गरे । त्यस्तै धनगढी उपमहानगरपालिका–४ बसपार्क निवासी थिरबहादुर स्वाँर÷शिल्पादेवी स्वाँरले भवनको एक कोठा निर्माणका लागि ६ लाख ५१ हजार १ सय १५ रूपैयाँ प्रदान गरे ।
धनगढी उपमहानगरपालिका–५ निवासी सिद्धराज भट्टले पनि भवन एक कोठा निर्माणका लागि ६ लाख ५१ हजार १ सय १५ रूपैयाँ महायज्ञमा दान गरे । धनगढी उपमहानगरपालिका–३ निवासी सोम ढकाल÷पद्मा ढकालले निर्माणका लागि ५५ हजार ५ सय ५५ रूपैयाँ दान गरे । त्यस्तै धनगढी उपमहानगरपालिका–४ निवासी चन्द्रादेवी पनेरूले स्वर्गीय पति जगतनाथ पनेरूको स्मृतिमा वृद्धभत्ताको रकम स्वरूप ५१ हजार ५ सय ५५ रूपैयाँ योगदान गरे ।


धनगढी उपमहानगरपालिका– ११ निवासी कृतिका उपाध्यायले ५ हजार १ सय ५५ रूपैयाँ, उद्यमीशील आमा समूहद्वारा भवन निर्माण सेवाका लागि १५ हजार ५ सय ५५ रूपैयाँ योगदान भएको छ । मानवसेवा आश्रम गते सुदूरपश्चिम प्रदेश, कैलाली, धनगढी शाखाको २०७५ साल मंसिर १ गते धनगढी –५ तारानगरमा घर भाडामा लिई सेवा शुभारम्भ भएको हो । यस शाखाले हालसम्म ३ सय ८८ जना भन्दा बढी बेसहारा, असहाय, अभिभावकविहीन, जीवन नै जोखिममा रहेका सहयोगापेक्षी सडकमानवहरुको सुदूरपश्चिम प्रदेश भित्रका विभिन्न जिल्लाहरूबाट समेत उद्धार गरी सेवा प्रदान गरिसकेको छ ।
मानवसेवा आश्रम सुदूरपश्चिम प्रदेश स्तरीय भवनको धनगढी उपमहानगरपालिका– १५ उर्मीमा २ विघा जग्गामा निर्माण कार्य सुरु भइसकेको छ । मानवसेवा आश्रमले धनगढी शाखाको भवन निर्माण गरी सेवाको स्थायित्वको लागि श्रीमद् भागवत सप्ताह ज्ञानविज्ञान महायज्ञ–२०८१ को आयोजना गरेको हो । बुधबार देखि सुरू भएको महायज्ञ पशुपति टोलमा (सुदूरपश्चिम महोत्सव हुने) माघ ३० गतेसम्म सञ्चालन हुनेछ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.