धनगढीको जोशी मेडिकलका सञ्चालक शिवदत्तको निधन

अत्तरिया : धनगढीको जोशी मेडिकलका सञ्चालक डाक्टर शिवदत्त जोशीको निधन भएको छ। उनको शुक्रवार ९३ वर्षको उमेरमा निधन भएको हो। बैतडीको दशरथचन्द नगरपालिकाको शेरामा विस १९८८ मंसिर २३ गते जन्मिएका जोशीको शुक्रवार बिहान साढे ७ बजेको मटियारीस्थित घरमा निधन भएको छ।

उनको दाहसंस्कार आजै कञ्चनपुरमा महाकाली घाटमा गरिएको छ। भारतको झाँसीबाट आयुर्वेदाचार्य ब्याचलर अफ मेडिकल सर्जरी गरेका जोशी सरकारी दरबन्दीमा २०१७ सालमा गुल्मीको रिडी पुगे। त्यहाँ केही वर्ष काम गरे।

पछि सरकारी जागीर छोडेर उनले २०२४ सालमा धनगढीमा जोशी मेडिकल सञ्चालनमा ल्याएका थिए। नेपाल रेडक्रस सोसाइटी कैलाली, शाखा उनकै अगुवाइमा २०२७ सालमा खुलेको हो।

उनी २०३७ सालसम्म उनी रेडक्रसको सभापति रहे। २०३७ सालमा स्थापना भएको कैलाली बहुमुखी क्याम्पसको उनी सहकोषाध्यक्ष थिए। २०६२ सालदेखि २०७० सम्म कैलाली बहुमुखी क्याम्पसको अध्यक्षका रूपमा समेत उनले जिम्मेवारी निर्वाह गरेका थिए। उनकै नेतृत्वमा कैलालीमा नेत्रज्योति संघको २०५० सालमा स्थापना भएको हो। उनी संघको प्रथम अध्यक्ष हुन्। २०६६ सालमा उनी संघको केन्द्रीय सदस्य समेत भए। २०६७ सालमा उनी सेती अञ्चल अस्पतालका अध्यक्ष समेत भए।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.