
अत्तरिया, २७ माघ : कैलालीको धनगढी कक्षा ७ मा अध्ययनरत १४ बर्षीय बालिका बलात्कृतमा संलग्नलाई यथासिघ्र पक्राउ गर्न माग गरेको छ । आईतबार अखिल नेपाल विद्यार्थी युनियन (समाजवादी) सुदूरपश्चिमको छात्रा विभागले एक विज्ञप्ति जारी गर्दै यस्तो माग गरेको हो ।
‘शुक्रबार साँझ विद्यालयबाट घर फर्किदै गर्दा १८ वर्षीय युवकले चक्कु देखाएर डराइ–धम्काइ घर लगेर बलात्कार गरेको दुःखद खबरले हामीलाई निकै गम्भीर बनाएको छ ।
अखिल नेपाल विद्यार्थी युनियन (समाजवादी) सुदूरपश्चिमको छात्रा विभागले एक विज्ञप्ति जारी गर्दै माग गरेको हो ।
धनगढी सुदूरपश्चिमको अस्थायी राजधानीमा समेत छोरी चेली असुरक्षित हुनुले थप गम्भीर एवं चिन्तित बनाएको छ’ विभागको सुदूरपश्चिम प्रमुम विन्द्रा सी द्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ । यस्तो घटनामा संलग्न अपराधीलाई तुरुन्तै पक्राउ गरि हदैसम्मको कार्वाही गर्न र महिलाहरुका लागि सहज, सुरक्षित एवं स्वतन्त्र वातावरण निर्माण गर्नका लागी सम्बन्धित निकायलाइ जोडदार माग विज्ञप्ति मार्फत विभागले जनाएको छ ।
अन्यथा पीडितको न्यायका लागि संगठन जस्तोसुकै संघर्ष गर्न तयार रहेको बेहोरा प्रेस विज्ञप्ती मार्फत जनाएको छ । १४ बर्षीय किशोरी शुक्रबार साँझ घर फर्कीने क्रममा एक युवाले चक्कु देखाउँदै धम्काएर घर लगेर बलात्कार गरेको जनाएको छ । बलात्कारमा संलग्न भएको आरोप भएका युवकको उमेर पुगिनसकेका भन्दै प्रहरी नाम ठेगाना सार्वजनिक गरेको छैन् । युवक प्रहरीको नियन्त्रण भन्दा वाहिर रहेको जिल्ला प्रहरी कार्यालय कैलाली जनाएको छ । घट्नाको अनुसन्धान युवकका खोजि कार्य भने जारी रहेको जनाएको छ ।
