Agni Offset Press

सत्यवती एकेडेमीको १३ औं वार्षिकोत्सव सम्पन्न

Aarati simant

अत्तरिया, १ फागुन : अत्तरियाको प्रतिष्ठित शैक्षिक संस्था सत्यवती एकेडेमीले आफ्नो १३ औं वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न गरेको छ । “योग्य तथा सभ्य नागरिक उत्पादन गर्ने हाम्रो प्रतिबद्धता” भन्ने मूल नाराका साथ आयोजना गरिएको कार्यक्रममा विद्यालय परिवार, अभिभावक, विद्यार्थी तथा स्थानीय समाजसेवीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।
करिब २ हजारभन्दा बढी विद्यार्थी अध्ययनरत यस एकेडेमीमा प्लस टु विज्ञान संकायसम्मको पठनपाठन सञ्चालन हुँदै आएको छ । विद्यालयका सञ्चालक वीरबहादुर कडायतले शिक्षामा गुणस्तर अभिवृद्धि गर्दै विद्यार्थीलाई अनुशासित, प्रतिभावान् र जिम्मेवार नागरिक बनाउने प्रतिबद्धता व्यक्त गरे । साथै, विद्यालयकी प्रिन्सिपल यसोदा ध्याडी कडायतले विद्यार्थीको सर्वांगीण विकासका लागि निरन्तर क्रियाशील रहेको बताइन् ।
कार्यक्रममा विद्यार्थीहरूले सांस्कृतिक नृत्य, गीत, नाटकलगायत विविध प्रस्तुतिहरू प्रस्तुत गरे। अभिभावकहरूले विद्यालयको व्यवस्थापन तथा शैक्षिक सुधारका विषयमा आफ्ना विचार राखेका थिए । यस अवसरमा उत्कृष्ट विद्यार्थीहरूलाई पुरस्कृत गरिएको थियो ।
स्थानीय समाजसेवी तथा शिक्षाप्रेमीहरूले सत्यवती एकेडेमीले शिक्षा क्षेत्रमा पुर्याएको योगदानको प्रशंसा गर्दै आगामी दिनहरूमा थप सफलता प्राप्त गर्ने शुभकामना व्यक्त गरे ।

Godawari Janhitma Jari Sandes
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.