
अत्तरिया, २ फागुन : सुदूरपश्चिमको प्रदेश नीति तथा योजना आयोगमा २ जना नियुक्त भएका छन् । प्रदेश मन्त्रीपरिषद्को शुक्रबार बसेको बैठकले नेपाली कांग्रेसका नृपबहादुर सुनार र नेकपा एमालेका कर्णबहादुर कुँवरलाई योजना आयोगको सदस्यमा नियुक्त गर्ने निर्णय गरेको हो ।
नवनियुक्त योजना आयोगका सदस्यले शुक्रबार नै पद तथा गोपनियताको सपथ लिएका छन् । उनीहरूलाई आयोगकी उपाध्यक्ष जीवन रानाले मुख्यमन्त्री कमलबहादुर शाहको उपस्थितिमा पद तथा गोपनियताको सपथ खुवाएकी हुन् ।
दुवै जनाले शुक्रबार नै पदभार ग्रहण गरेका छन् । यसअघि हिरा चन्द र शेरबहादुर भण्डारी आयोगको सदस्य भइसकेका छन् ।
