Agni Offset Press

कैलालीको भासु भिर नजिकै दुर्घटना हुँदा एक जना घाईते

Aarati simant

अत्तरिया : कैलालीको भासु भिर नजिकै भएको दुर्घटनामा एक जना गम्भीर घाइते भएका छन् । चुरे गाउँपालिका–५ मा पर्ने भासु भिर नजिकै जिप र मोटरसाइकल आपसमा ठोक्किदा शुक्रबार साँझ दुर्घटना भएको प्रहरीले जनाएको छ ।
उक्त दुर्घटनामा से ५ प ६९२ नम्बरको मोटरसाइकलका चालक चुरे गाउँपालिका–६ बस्ने प्रेमबहादुर गम्भीर घाइते भएका हुन् । उनको धनगढीको माया मेट्रो अस्पतालमा उपचार भइरहेको छ ।

साउदले चलाएको मोटरसाइकल डोटीको बढिकेदारबाट धनगढीतर्फ आइरहेको बा ८च ८०७ नम्बरको जिपसँग ठोक्किएको थियो । जिप र चालक कैलालीको गौरीगंगा नगरपालिका– ४ बस्ने ५० वर्षीय नन्दराम मौनीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Godawari Janhitma Jari Sandes
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.