अत्तरिया : कैलालीको गौरीगंगा नगरपालिका–३ को शिवगंगा खोलामा अवैध रुपमा बालुवाको ओसारपसार गर्ने दुई वटा ट्याक्टरलाई प्रहीले नियन्त्रणमा लिएको छ ।
खोलामा अवैध रुपमा बालुवा निकालेर ओसारपसार गर्ने ट्याक्टरलाई शुक्रबार चालकसहित नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
गौरीगंगा नगरपालिका–३ बस्ने ३२ वर्षीय रामकृष्ण चौधरीले चलाएको सुुपप्र०१००१ त ४३४४ नम्बरको ट्याक्टर र २४ वर्षीय कमल विश्वकर्माले चलाएको सुपप्र ०१००२ त ४४०८ नम्बरको ट्याक्टर नियन्त्रणमा लिइएको हो ।