Agni Offset Press

गौरीगंगाको एक होटलमा यौन धन्दा, ३ जना पक्राउ

Aarati simant

अत्तरिया : कैलालीको गौरीगंगा नगरपालिका–४ को राजीपुरमा रहेको पुजा होटलमा यौन धन्दा हुने गरेको पाइएको छ । जिल्ला प्रहरी कार्यालयको सादा पोशाकको टोलीले शुक्रबार होटलमा छापा हानेपछि उक्त होटलमा यौन धन्दा जस्ता अनैतिक क्रियाकलपा हुने गरेको पाइएको हो ।

यौन धन्दामा संलग्न जोडीसहित तीन जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कबिन्द्रसिंह बोहराले बताए ।
पक्राउ पर्नेमा होटल सञ्चालक गौरीगंगा–८ का कर्णबहादुुर कार्की, यौन धन्दामा संलग्न गौरीगंगा–६ का २९ वर्षीय हरी चौधरी र धनगढी उपमहानगरपालिका–१२ की २८ वर्षीया शान्ति जोशी रहेको डीएसपी बोहराले बताए । उनीहरुलाई नियन्त्रणमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Godawari Janhitma Jari Sandes
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.