अत्तरिया, ३ फागुन : नेपाल राष्ट्रिय शिक्षक संगठन गोदावरी नगर समितिको अध्यक्षमा भूपेन्द्रबहादुर चन्द चयन भएका छन् । संगठनका अध्यक्ष प्रेमराज जोशीको अध्यक्षता तथा जिल्ला अध्यक्ष चक्रबहादुर विष्टको प्रमुख अतिथ्यतामा आज (शनिबार) बसेको तेस्रो नगर अधिवेशनले चन्दको अध्यक्षतामा २३ सदस्यीय कार्यसमिति चयन गरेको हो ।
समितिको उपाध्यक्षमा केशवराज ओझा र बिस्ना जोशी चयन भएका छन् भने सचिवमा तिर्थराज अवस्थी चयन भएका छन् । त्यस्तै कोषाध्यक्षमा टेकेन्द्र बहादु सिंह,सह सचिवमा निर्मला बिसी र सह कोषाध्यक्षमा विनिता चौधरी चयन भएका छन् ।
सम्बन्धित पाेस्टहरु