कैलालीमा चार लाखभन्दा बढी पशुचौपायालाई खोप

अत्तरिया : कैलालीमा चार लाख ३२ हजार नौ सय ८७ पशुचौपायालाई विभिन्न रोगविरुद्धको खोप लगाइएको छ । जिल्लास्थित भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रले चालु आवमा जिल्लाका १३ वटै स्थानीय तहका पशुचौपायालाई विभिन्न रोगविरुद्धको खोप लगाएको हो ।

चालु आव २०८१\८२ को हालसम्म जिल्लाभरी दुई लाख ६७ हजार भेडाबाख्रालाई पिपीआर खोप तथा एक लाख ३७ हजार एक सय ५० गाईगोरु र भैंसीराँगालाई खोरेतविरुद्धको खोप लगाइएको विज्ञ केन्द्रका प्रमुख डा हेमराज अवस्थीले जानकारी दिए ।

उनका अनुसार हालसम्म २५ हजार गाईगोरुलाई लम्पी स्किनविरुद्धको खोप र रेविजविरुद्धको दिवसका अवसरमा तीन हजार आठ सय ३७ सामुदायिक कुकुरलाई रेविज विरुद्धको खोप लगाइएको छ । जिल्लामा पशु स्वास्थ्य प्राविधिक मार्फत खोप कार्यक्रम सञ्चालन गर्ने गरिएको उनले बताए ।

उनले भने,–“चालु आवमा जिल्लाभरी करिब १० लाख पशुचौपायालाई विभिन्न रोगविरुद्धको खोप लगाउने लक्ष्य हो । हाल पिपीआर खोप लगाउने कार्यक्रम सकिएको छ । बङ्गुरमा देखिएको रोगका कारण एक फर्मबाट अर्को फर्ममा सर्ने डरले खोप लगाउन सकिएको छैन् । खोप पनि छैन् । खोरेतविरुको खोप छरछ महिनामा लगाइने भएकाले फेरी लगाउँछौँ ।”

गत आव २०८०\८१ मा विज्ञ केन्द्रले जिल्लाका सबै स्थानीय तहका तीन लाख ८३ हजार सात सय पशुचौपायालाई विभिन्न रोग विरुद्धको खोप लगाएको थियो ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.