Agni Offset Press

विविध कार्यक्रम गरी लोटस आई विद्यालयको २६ औँ वार्षिकोत्सव

Aarati simant

अत्तरिया, ५ फागुन : गोदावरी नगरपालिका अत्तरियामा रहेको लोटस आई अंग्रेजी माध्यमिक विद्यालयको २६ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ ।
संस्थापक अध्यक्ष गिरिराज कडायतको सभापतित्वमा आईतबार देखि सुरु भएको वार्षिकोत्सव समारोहको सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला राज्यमन्त्री प्रकाश बहादुर बम प्रमुख अतिथि रहेका थिए ।
विद्यालयले आईतबार पिजी कक्षा देखि सञ्चालन गरेको वार्षिकोत्सव तथा अभिभावक दिवस कार्यक्रम सोमबार विद्यार्थी, अभिभावक, समाजसेवी, शिक्षा क्षेत्रका विज्ञहरू लगायत विशिष्ट अतिथि व्यक्तित्वहरूको सहभागितामा भव्यरूपमा समापन गरेको हो ।
विद्यालयको वार्षिक प्रगति प्रतिवेदन तथा शैक्षिक गतिविधि प्रस्तुत गर्दै विद्यालयका प्रिन्सिपल मानबहादुर ऐरले २०५५ सालमा स्थापना भएको यस लोटस आई अंग्रेजÞी माध्यमिक विद्यालयले विभिन्न कठिनाई लाई पार गर्दै यस क्षेत्रमा विद्यार्थीहरुलाई युग अनुसार आवश्यक रहेको शिक्षालाई प्रदान गर्दै आइरहेको बताए ।
विद्यालयले शिक्षण सिकाइलाई वैज्ञानिक तथा समयानुकूल बनाउनको लागी शिक्षक तालिमको व्यवस्था गरेको उनले बताए । उनले विद्यालयले स्थापना काल देखि विद्यार्थीहरूको लागी नयाँ प्रविधि शिक्षामा लगायत अतिरिक्त क्रियाकलापहरुमा जोड दिँदै आइरहेको छ । शिक्षा क्षेत्रमा विद्यार्थीहरूको बौद्धिक क्षमता अभिवृद्धि कार्यक्रम, नयाँ प्रविधि संग जोड साथै विद्यार्थीहरूमा भएको प्रतिभाहरु उजागर गर्न खेल प्रतियोगिता, गायन, नृत्य प्रतियोगिता लगायत विभिन्न अतिरिक्त क्रियाकलापहरु गर्दै आइरहेको छ । उनले विद्यालयको भौतिक संरचना अब्बल, सभाहल, शुद्ध पिउने पानी, ऐसी कक्षा कोठा, अतिरिक्त क्रियाकलापहरु मध्यनजर राख्दै सञ्चालन गर्दै आइरहेको बताए । उक्त विद्यालयमा अध्ययन गरेका विद्यार्थीहरु सीए, आईटी, डक्टर, नर्सिङ, शिक्षक, बैंकिङ क्षेत्र, कलाकारिता, खेलाडी लगायत अन्य थुप्रै क्षेत्रमा आबद्ध भएका छन् । विद्यार्थीहरूको मेहनतले गर्दा अभिभावक साथै विद्यालयको देश विदेशमा चिनाउन सफल भएको उनले बताए ।
विद्यालयमा हाल १३८९ जना विद्यार्थी अध्ययनरत रहेका छन भने ६६ जना शिक्षक,कर्मचारी कार्यरत रहेका छन् । विद्यालयले १४४ जना विद्यार्थीहरुलाई विद्यालयको नियम अनुसार छात्रवृत्ति उपलब्ध गराउँदै आइरहेको छ । विद्यालयले अन्तराष्ट्रिय स्तरमा पनि आफ्नो पहिचान बनाउन सफल भएको जसमा भारतको लखनउमा रहेको विश्वको सबैभन्दा ठूलो स्कूल (सीएमस) मा द्वारा आयोजीत अन्तराष्ट्रिय विज्ञान तथा कम्प्युटर महोत्सवमा लोटस आई विद्यालयले ऐतिहसिक उपलब्ध हासिल गरेको समेत छ ।
विद्यालयले २०६१ साल देखि २०८० साल सम्म १३७० जना एसईई (एसएलसी )उत्तीर्ण गरिसकेको साथै २०६७ देखि २०८० सम्म कक्षा १२ को राष्ट्रिय परीक्षा बोर्डमा ११७७ जना विद्यार्थीहरुलाई उत्तीर्ण गराउन सफल भएको छ ।

Godawari Janhitma Jari Sandes
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.