Agni Offset Press

सामाजिक जवाफदेहिता सम्बन्धी दुई दिने क्षमता विकास तालिम सम्पन्न

Aarati simant

धनगढी, ६ फागुन : सामाजिक जवाफदेहिता सम्बन्धी दुई दिने क्षमता विकास तालिम धनगढीमा सम्पन्न भएको छ । स्वास्थ्य तालिम केन्द्रद्वारा आयोजित क्षमता विकास तालिममा सुदूरपश्चिम प्रदेश नौ वटै जिल्लाका गरि २६ जना सामाजिक सहजकर्ताको सहभागिता रहेको थियो । फागुन ५ र ६ गते दुई दिन सम्म चलेको तालिममा विज्ञ दुर्लभ बोगटीले स्वास्थ्य संस्थाको सामाजिक परीक्षण सम्बन्धि प्रशिक्षण दिएका थिए ।

तालिमको समापन गर्दै स्वास्थ्य तालिम केन्द्रका प्रमुख नरेन्द्रसिह कार्कीले स्वास्थ्य क्षेत्रका कार्यक्रम बढाउने उदेश्यले तालिम संचालन गरिएको बताए । उनले स्वास्थ्य संस्थाको सामाजिक परीक्षण सम्बन्धी कलम चलाउन पत्रकारलाई आग्रह गदै त्यसले नीति, तथा कार्यक्रम र बजेट बनाउन सहयोग पुगाउनेमा जोड दिए ।

Godawari Janhitma Jari Sandes
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.