गोदावरी नगरमा एक बालकको पानीमा डुबेर मृत्यु

अत्तरिया : कैलालीको गोदावरीका एक बालकको पानीमा डुबेर मृत्यु भएको छ। गोदावरी नगरपालिका–१ बाँसभारी बस्ने प्रेम विकको ३ वर्षीय छोरा पियुस विकको मृत्यु भएको हो।

आफ्नै घर अगाडि रहेको धारामा खेल्ने क्रममा धारा नजिक रहेको पानीले भरिएको खाल्डोमा डुबेर बालक घाइते भएका थिए। घाइते बालकलाई उपचारको लागि मायामेट्रो अस्पताल धनगढी लगिएकोमा उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.